प्रतिनिधि र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडाैं | साउन १९, २०७९

प्रतिनिधि र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडौं:  सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणाको तयारी गरेको छ ।

 

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी छ । यसअघि निर्वाचन आयोगले आउँदो मंसिरको २ गतेभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्न सिफारिस गरेको थियो ।

 

मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ ।

 

२०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलको औपचारिक छलफल सुरु गरेका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

 

सत्ता गठबन्धनका दलहरु आउँदो मंसिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भएका छन् ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्